थाक्रे गाउँपालिका

राम कुमार आचार्य

अध्यक्ष

बलराम लम्साल

प्रमुख प्रशासिकय अधिकृत

परियोजना बारे

थाक्रे गाउँपालिकाले २०७५ साल देखि संचालन गरेको महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना संचालनमा ल्याइएको छ। “लैङिगक समानता र सामाजिक न्याय सहितको समृद्ध थाक्रे” गाउँपालिका निर्माणको आधार तय गर्न मानवअधिकार, महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि ९१९७९०, वेइजिङ घोषणा पत्र लगाएत अन्र्तराष्ट्रिय सन्धी सम्झौता तथा दिगो विकास लक्ष्यलाई स्थानियस्तरमा कार्यान्वयन गर्ने आधार तय गर्न, नेपालको संविधानमा उल्लेखित “मौलिक हक तथा महिलाको हक” को कार्यान्वयन एवं स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अन्तर्गत दफा ११ को देहाय २ ९छ० २ वमोजिम स्थानिय स्तरमा विभिन्न आयोजनाहरु सञ्चालन गरी दफा १२ को देहाय २ ९ग० को ३०, ३१ र ३२ मा उल्लेखित कार्यहरु कार्यान्वयनका लागि एकद्वार प्रणाली कायम गर्न टोल–टोलमा महिला आत्मनिर्भर समूह गठन र परिचालनको माध्यमबाट आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गरी महिलाहरूको निर्णायक र नेतृत्वदायी भूमिका स्थापित गर्न थाक्रे गाउँपालिकाको प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, २०७४ को दफा ४ बमोजिम थाक्रे गाउँ कार्यपालिकाले यो महिला सशक्तिकरण तथा संस्थागत विकास परियोजना सञ्चालन सम्बन्धी कार्यविधि, २०७६ बनाइ गाउँसभावाट समेत अनुमोदन गरी लागू गरेको अवगत गराउदै उस परियोजना मार्फत संचालित कार्यक्रम तथा क्रियाकलापहरुलाई समयसापेक्ष रुपमा प्रविधिमैत्री बनाइ कार्यक्रम कम जनशक्तिमार्फत अत्यधिक गुणस्तरिय कार्य संचालन गर्न यस परियोजनाको अलग्गै सफटवयर निर्माण गरि कार्य अगाडी वढाउनको लागि यो वेभसाइट संचालनमा ल्याइएको हो ।


गाउँपालिको फोटो ग्यालेरी